काठमाडौं– १ सय २६ वटा म्यानपावर कम्पनीले ७६–७७ आर्थिक वर्ष सुरु भएदेखि हालसम्म एक जना पनि श्रमिक विदेश पठाउन सकेका छैनन्।
वैदेशिक रोजगार विभागमा ८ सय ५४ म्यानपावर कम्पनी दर्ता छन्। चालू आर्थिक वर्षको पाँच महिनाको विभागको तंथ्याक अनुसार १ सय २६ वटा म्यानपावरले वैदेशिक रोजगारीमा श्रमिक आपूर्ति गर्न सकेका छैनन्।
वैदेशिक रोजगारीमा कामदार पठाउन बैंक ग्यारेन्टी, धरौटी तथा कार्यालय सञ्चालन गरी करोडौं रुपैयाँ लगानी गरेपनि मंसिर महिनामा १ सय २६ भन्दा बढी म्यानपावर कम्पनीले एक जना पनि कामदार वैदेशिक रोजगारीमा पठाउन नसकेका हुन्। चालू आर्थिक वर्षका अन्य महिनाको तथ्यांक पनि मंसिर महिनाको भन्दा खासै फरक छैन।
कात्तिक महिनामा १ सय ६१ म्यानपावर कम्पनीले एक जना पनि कामदार नपठाएको विभागको तंथ्याकमा छ। वैदेशिक रोजगार ऐन २०७५ मा दुईमा सय जना पनि कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने म्यानपार बन्द हुने व्यवस्था छ।
मंसिर महिनामा संस्थागत, रिईन्ट्री व्यक्तिगत तथा वैधानिकीकरण गरी ५६ हजार ८ सय १० नेपाली वैदेशिक रोजगारीमा विदेशिएका छन्। मंसिरमा रिईन्ट्री मार्फत २८ हजार ६ सय ३७ जना विदेशिएका छन्।