एजेन्सी– नागरिकता कानूनको विरोधमा सरकार विरोधी प्रदर्शन हुने आशंकामा भारतको उत्तर प्रदेशको अधिकांश क्षेत्रमा आज इन्टरनेट सेवा बन्द गरिएको छ।
उत्तर प्रदेशका मेरठ, सीतापुर, कानपुर, गाजियाबाद, बिजनौर, फिरोजाबाद, अलीगढ लगायतका ८ जिल्लामा धारा १ सय ४४ लागु गरेर इन्टरनेट सेवा बन्द गरिएको बताईएको छ।
दुई हप्ता देखि नागरिकता संशोधन विधेयक र एनआरसीलाई लिएर भारतमा विरोध प्रदर्शन हुँदै आएको छ। उत्तर प्रदेशमा भएका प्रदर्शनमा प्रहरीले गोली चलाउदा एक दर्जन भन्दा बढीको मृत्यु भैसकेको छ।