काठमाडौं — नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली र अर्को अध्यक्ष पुष्पकलम दाहालबीच सभामुख कसलाई बनाउने भन्ने विषयमा सहमित जुट्न नसक्दा संसद बैठक स्थगित भएको छ।
संसदको बैठक सूचना टाँस गरि बुधबार १६ गतेसम्मका लागि बैठक स्थगित गरिएको हो। बैठक आज दिउँसो १ बजेका लागि तोकिएको थियो। उप सभामुखको निर्देशकमा महासचिवले बैठक स्थगित भएको सुचना प्रकासित गरेका छन्।
सभामुखका लागि तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ र अग्नी सापकोटाबीच मुख्य प्रतिस्पर्धा रहेको छ।