एजेन्सी– इन्टरनेटको विकासले जति सहज बनाएको छ, त्यति नै डाटा सुरक्षामा चुनौति पनि थपिँदै गएको छ। खासगरि इन्टरनेटमा राखिएका कुनै पनि डाटा ह्याक हुन सक्ने भएकाले उपभोक्तामा त्रास पनि बढ्ने गर्छ। यसका साथै ह्याक हुने समस्यालाई पनि समाधान गर्ने प्रविधिको पनि विकास भइसकेको छ।
ह्याकको समस्याबाट मुक्त हुन वैज्ञानिकले नयाँ इनक्रिप्सन सिस्टमको आविष्कार गरेका छन्। यूनिभर्सिटी अफ सेन्ट एन्ड्रयूका अनुसन्धानकर्ताहरुले ह्याक गर्न नसक्ने इनक्रिप्सन सिस्टम विकास गरेको दाबी गरेका हुन् जसमा डाटालाई प्रकाशको रुपमा संग्रह गर्न सकिनेछ।
विकसित नयाँ प्रणालीमा प्रकाश बंग्याउने र सिधा गईरहेको बेला त्यसलाई घुमाउने तरिका प्रत्येक पटक विशेष हुने गर्दछ भने चीपमार्फत पठाईने डाटामा सो भर पर्नेछ। यो सुरक्षित रहेको छ र सो चीप आजकल कैयौं सेवाहरुलाई आधिकारीकता प्रदान गर्न निकै प्रयोग भइरहेको ओटिपी मेकानिजमको भौतिक अनुभूति हो।