काठमाडौँ– नेपालका लागि सुजुकी ब्रान्डका लागी आधिकारिक विक्रेता तथा सिजी होल्डिंगको अटोमोटिभ डिभिजन सिजी मोटोकर्पले आउँदो शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ। ‘सुपर स्याटरडे’मा ग्राहकले नियमित सोरुम छुटभन्दा बढी नगद छुट पाउने भएका हुन्।
त्यस दिन सुजुकीका चारपांग्रे गाडी खरिद गर्ने ग्राहकले विशेष अफर पाउने भएका छन्। उक्त दिन अधिकतम एक लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस एक वर्षको निःशूलक बीमा र स्वामित्व हस्तान्तरणको सुविधा दिइएको छ।
यो अफर एक दिनका लागि मात्र देशभरका सबै ३६ वटा डिलरसिपमा लागू हुने कम्पनीले बताएको छ।