काठमाडौं– कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले हिमालयन शेर्पा क्लबलाई पराजित गरेको छ। दोस्रो जित निकाल्ने क्रममा शुक्रबार आर्मीले हिमालयन शेर्पा क्लबलाई २–० गोलले हराएको हो।
त्रिभुवन आर्मीलाई जित दिलाउन कप्तान भरत खवास र टेकबहादुर बुढाथोकीले गोल गरेका थिए। पहिलो खेलमा फ्रेन्ड्सलाई २–१ गोलले हराएको थियो आर्मीले दोस्रो खेलमा आर्मी मनाङसँग १–० गोलले पराजित भएको थियो। तेस्रो खेलमा हिमालयन शेर्पालाई पराजित गरेसँगै आर्मीले ६ अंक जोडेको छ।
शेर्पाले तीन खेलबाट दुई अंक बनाएको छ। शेर्पाले यसअघि पुलिस र एपीएफसँग बराबरी खेल्दै अंक बाँडेको थियो।