काठमाडौं– कीर्तिपुरको पांगा दोबाटोमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय गरेको छ। शुक्रबार करिब साँझ साढे पाँच बजे पांगा दोबाटोस्थित तरकारी बजारको पछाडि भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको महानगरिय प्रहरी प्रमुख उत्तम सुवेदीले जानकारी दिए।
फोहोरमाथि शंकास्पद भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले उक्त शंकास्पद वस्तु कसले फालेको हो भन्नेबारे अनुसन्धान गरिरहेको जनाएको छ।