झापा- पतिले छुरा प्रहार गर्दा पत्नीको मृत्यु भएको छ। झापाको शिवसताक्षी नगरपालिका ६ का ३९ वर्षीया फङके किस्कु मुर्मुको पतिले छुरा प्रहार गर्दा मृत्यु भएको हो।
भारतको डिगलबैक पञ्चायत घर भई झापाको शिवसताक्षी नगरपालिका ६ मा रहेको धानको काँटामा काम गर्दै आएका ४० वर्षीय शंकर भन्ने बुधराम मुर्मूले घरायसी विवादमा पत्नी फङकेलाई छुरा हानेका थिए।
बिहीबार राती घरायस विवादमा उनले हानेको छुरा प्रहारबाट फङके गम्भीर घाइते भएकी थिइन्। उनको उपचारको क्रममा शिवगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको हो । छुरा प्रहार गर्ने बुधरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।