एजेन्सी– ब्रम्हाण्डका बारेमा हालसम्मका अनुसन्धानहरुको अनुमान छ कि ब्रम्हाण्डमा सयौं अरब आकाशगंगाहरू छन्, सयौं अरब ताराहरू छन् , एउटा आकाशगंगामा मात्र १ ट्रिलियन भन्दा बढी ग्रहहरू छन्। यो अनुमान गर्न सकिन्छ कि यस ब्रम्हाण्डका केही ग्रहहरूले पृथ्वीमा हामीले जस्तै जीवनको विकास गरेका होलान्। यदि हामी मात्र आकाशगंगामा र ब्रम्हाण्डमा केवल बौद्धिक प्राणीहरू हौं भने यो वास्तवमै आश्चर्यजनक कुरा हुनेछ र विभिन्न धर्म ग्रन्थमा उल्लेख भएजस्तै हामीलाई भगवानले नै श्रृष्टि गरेको हुनुपर्छ। तर, के हामी एक्लो छौं यो ब्रह्माण्डमा? के मानिस विशाल ब्रम्हाण्डमा अद्वितीय र एक्लो छ? के पृथ्वी मात्र जीवन धान्न सक्ने ग्रह हो?

गत केही दशकमा करोडौं ग्रहहरू पत्ता लगाइए। सौर्यमण्डलको यति विशाल र विविध सेटहरूमा मानिस एकमात्र बुद्धिमान जीवन नहुन सक्छ। मानिसहरूले ताराहरूतर्फ उनीहरूको आँखा फर्काए र अनुसन्धान गर्न थाले। त्यहाँ अरू कोही मानिस जस्तै बुद्दिमान प्राणी छन् कि भनेर सोच्न थाले।
डा.पर्शुराम दाहाल यसो भन्छन्ः
आकाशगंगाहरुमा भएका ट्रिलियन ग्रहहरू मध्ये केही ग्रहहरुमा पृथ्वीमा जस्तै उन्नत सभ्यता छ कि भनेर अनुसन्धान गर्न थाल। यी अनुसन्धानहरुले आश्चर्यजनक परिणामहरु दिएका छन्।
जस्तै – कुनै पनि ग्रहमा प्राणीलाई अत्यन्त आवश्यक पर्ने पहिलो चीज तरल पदार्थ अर्थात् पानी हो। पानी पृथ्वीमा मात्र छ भन्ने कुरा भ्रम प्रमाणित भइसकेको छ। नासाका बैज्ञानिकहरुले धेरै ग्रहहरू र उपग्रहहरूमा पानी भएको प्रमाण भेटिसकेका छन् ।
मंगल ग्रह र बृहस्पति ग्रहमा पानी भएको प्रमाण भेटिएको छ। युरोपामा तरल पदार्थ अर्थात् पानी भएको अनुमान गरिएको छ।युरोपा बृहस्पति ग्रह परिक्रमा गर्ने उसको सबैभन्दा सानो चन्द्रमा हो। त्यसैगरी टाइटन शनि ग्रहको सबैभन्दा ठूलो चन्द्रमा हो। यस चन्द्रमामा अमोनियाले भरिपूर्ण तरल पानीको तह भएको अनुमान गरिएको छ।
हाम्रो सूर्य मण्डलभन्दा बाहिर पनि धरै ग्रहहरुमा पानी र जीवहरु भएको अनुमान गरिएको छ। ग्लाइस ५८१ जी नामको ग्रह जुन पृथ्वीभन्दा २० प्रकाशवर्ष टाढा अवस्थित छ, यहां पनि पानी रहेको र यसैकारण सो ग्रहमा प्राणीहरु अस्तित्वमा रहेको बैज्ञानिकहरुले अनुमान गरेका छन्। यो ग्रह पृथ्वीभन्दा दुईदेखि तीन गुणा विशाल भएको अनुमान गरिएको छ। १ प्रकाश वर्ष भनेको प्रकाशले १ वर्षमा पार गर्ने दुरी हो। १ प्रकाशवर्ष भनेको लगभग ९४६,०००,०००,०००० किलोमिटर हो।
केप्लर—२२ बी नामको अर्को ग्रह पृथ्वीबाट ६०० प्रकाशवर्ष टाढा अवस्थित छ। यो ग्रह पृथ्वीभन्दा तीनगुणा विशाल भएको अनुमान गरिएको छ र यस ग्रहमा तरल पानी भएको अनुमान गरिएको छ। यो ग्रहमा पनि जीवहरु अस्तित्वमा हुनसक्ने अनुमान गरिएको छ। एचडी ८५५१२ बी नामको अर्को ग्रह पृथ्वीबाट ३५ प्रकाशवर्ष टाढा अवस्थित छ। यो ग्रह पृथ्वीभन्दा चारगुणा ठुलो भएको अनुमान गरिएको छ।
यो ग्रहमा पनि जीवहरु अस्तित्वमा हुन सक्ने बैज्ञानिकहरुको अनुमान छ। यसका अलावा पानी र तरल पदार्थ तथा जीवहरु भएका एकहजारभन्दा बढी त्यस्ता ग्रहहरु पत्ता लागेका छन्। बैज्ञानिकहरुको यो अनुसन्धानले पृथ्वीमा भएका हामीमात्रै एक्ला प्राणी होइनौं भन्ने देखाइसकेको छ। बैज्ञानिकहरुले त अझ यो अनुमान गरेका छन् कि पृथ्वीका हामी मानिसभन्दा बौद्धिक र उन्नत सभ्यता भएका प्राणीहरू यो ब्रम्हाण्डमा छन् ।प्रसिद्ध खगोल वैज्ञानिक एवं भौतिकशास्त्री स्टेफेन हकिङ्गले ब्रम्हाण्डमा बौद्धिक सभ्यता भएका प्राणीहरू हुन सक्ने अनुमान गरे र यस्ता उन्नत र परिष्कृत टेक्नोलोजिकल क्षमता भएका प्राणीहरूले पृथ्वीको भ्रमण गर्न सक्षम हुने भएकोले यिनीहरुले हाम्रो मानवतालाई नष्ट गर्ने प्रयास गर्ने छन् भन्ने भविष्यवाणी पनि गरेका छन्। उनले आफ्नो संस्कृति, सभ्यता र समाजको स्थापना गर्न पृथ्वीमा पनि प्रयास गर्न सक्ने अनुमान गरे।
जसरी मानिसहरुले पृथ्वीमा कम क्षमताभएका कबिलाहरूको बस्ती र अन्य बनमा बस्ने प्राणीको बस्ती नष्ट गरेका छन् त्यसरी नै अर्को ग्रहबाट पृथ्वीमा आउने बौद्धिक प्राणीहरुले हामीलाई नष्ट गर्ने प्रयास गर्ने छन् भन्ने उनको अनुमान छ। जसरी कम क्षमता भएका वा कमजोर मानवीय सभ्यता र संस्कृति भएका मानव जातिप्रति दुर्व्यवहारको एउटा भयानक नरसंहारको इतिहास पृथ्वीमा छ त्यसैगरी अन्य ग्रहबाट आउने बढी बौद्धिक प्राणीले हामीमाथि आक्रमण नगर्लान् भन्न सकिन्न भन्ने उनको निष्कर्ष छ।
अर्को ग्रहबाट आउने अधिक बौद्धिक र उन्नत सभ्यता भएका प्राणीहरू संगको सम्पर्कलाई हानिकारक र लाभदायक गरी दुई व्यापक भागहरुमा विभाजन गरी अध्ययनको प्रयास गरिने भएको छ। स्टेफेन हकिङ्गले अनुमान गरे जस्तै हुने हो भने पृथ्वीमा मानव जाति नै नष्ट हुने छ र अर्को ग्रहबाट आएका अधिक बौद्धिक र उन्नत सभ्यता भएका प्राणीहरू संगको सम्पर्क गर्ने बैज्ञानिक प्रयास हानिकारक हुने छ। तिनीहरु पृथ्वीमा यहाँको स्रोत साधन प्रयोग गर्न , मानब जातिलाई गुलाम बनाउन वा हमला गर्न आउन सक्छन्।
तिनीहरुले आफ्नो सभ्यतालाई बचाउन मानवतालाई नष्ट गर्न सक्छन्। तर अध्ययनको अर्को पाटो पनि उत्तिकै मनन योग्य छ। त्यो भनेको अर्को ग्रहबाट आएका अधिक बौद्धिक र उन्नत सभ्यता भएका प्राणीहरू संगको सम्पर्कबाट उनीहरुसंग भएको उन्नत र परिष्कृत टेक्नोलोजीहरु सिक्न सक्ने हो भने पृथ्वीमा अझै उन्नत र परिष्कृत टेक्नोलोजीहरु निर्माण गर्न सकिन्छ। यसले हाम्रो ज्ञान बढाउन मद्दत पु¥याउँछ साथै भोक, गरीबी र रोगजस्ता विश्वका समस्याहरू समाधान गर्न , मानव सभ्यताको भविष्यको मार्ग सरल बनाउन, पतनबाट बच्न र दीर्घकालीन अस्तित्व प्राप्त गर्न सहयोग पनि त हुन सक्छ।