एजेन्सी–सिरियाको इद्लिव प्रान्तबाट १३ दिनमा झण्डै साढे २ लाख नागरिकले घर छाडेका छन्। यही मंसिर २६ देखि गएको बुधबारसम्म १३ दिनमा इदलिवका २ लाख ३५ हजार नागरिकले घर छाडेका संयुक्त राष्ट्रसंघले जनाएको छ।

उत्तर दक्षिण सिरियाको इद्लिव, राष्ट्रपति बसर अल असद विरुद्ध रहेका विद्रोहीको कब्जामा रहेको शहर हो। रुस समर्थित सिरियाली सरकारले नोभेम्बर महिनादेखि आक्रमणलाई तिब्रता दिएपछि मध्य डिसेम्बरमा घर छाडेर भाग्नेको संख्या बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ।

आक्रमण पछि हजारौं परिवार ट्रक र कारमा उत्तरतिर रहेको शहर र शरणार्थी शिविरतिर लागेका बीबीसीले जनाएको छ।