काठमाडौं– चिनी मिलहरुले बक्यौता रकम नदिएको भन्दै उखु किसानहरु आन्दोलित भएका छन्। उनीहरु बक्यौता रकम माग गर्दै उखु किसानहरुले काठमाडौंको केन्द्रित आन्दोलन थालेका छन्।
शनिबार उखु किसानहरुले माइतीघर मण्डलामा धर्ना दिएका छन्। किसानहरुले बक्यौता रकम नपाएसम्म काठमाडौंबाट नफर्किने बताएका छन्। सरकारले ५ सय ३६ रुपैयाँ प्रतिक्वीन्टल उँखुको मूल्य तोकिदिए पनि चिनी मिलहरुले बिभिन्न शीर्षकमा काटेर ४ सय ३५ रुपैयाँ प्रतिकिलोको मात्रै चिट दिने गरेका छन्।
उखु किसानहरुले २०७० देखिकै रकम चिनी मिलहरुले नदिएको बताउँछन्। उखु किसानका अगुवा रायका अनुसार हालसम्म ५० करोड बक्यौता रकम छ।