काठमाडौं– प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी केन्द्रीय सदस्य उमा भुजेललाई पक्राउ गरिएको छ। मेची कोसी ब्यूरो इञ्चार्जसमेत रहेकी भुजेललाई सुनसरीको बरोलाबाट नियन्त्रणमा लिएको हो।
१ नम्बर प्रदेश प्रहरी र प्रहरीको विशेष ब्यूरोको संयुक्त टोलीले शनिबार बिहान भुजेलसहित सुमनसिंह पौडललाई पनि पक्राउ गरेको हो। प्रहरीका अनुसार भुजेलका साथबाट प्रतिबन्धित नेकपासम्बन्धी महत्वपूर्ण कागजातसमेत बरामद भएको छ।
भुजेल तत्कालीन माओवादीका तर्फबाट २०५७ साल चैत १७ गते गोरखा जेलब्रेक गर्ने महिलाको समूहको प्रमुख सदस्य पनि हुन्।