पोखरा– दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल) को उपाधि चितवन राइनोजले जितेको छ। फाइनल खेलमा चितवनले विराटनगर टाइटन्सलाई ३२ रनले हराएको हो।
राष्ट्रिय क्रिकेट टोली तथा काठमाडौं गोल्डेन्सका कप्तान ज्ञानेन्द्र मल्ल दोस्रो संस्करणको पीपीएल को उत्कृष्ट ब्याट्सम्यान बनेका छन्। त्यस्तै चितवन राइनोजका यूएईका अलराउन्डर रोहन मुस्तफा म्यान अफ द सिरिज घोषित भएका छन्। चितवनकै करण केसी प्रतियोगिताका सर्वोउत्कृष्ट बलर घोषित भए।
एक्स्पर्ट धनगढी ब्लुजका युवा स्पिनर अनिल खरेल उदयमान खेलाडी घोषित भएका छन्। विराटनगर टाइटन्सका युवा ब्याट्सम्यान लोकेश बम मोस्ट भ्यालुएवल खेलाडी घोषित भए। म्यान अफ दि सिरिज रोहन, उत्कृष्ट ब्याट्म्यान ज्ञानेन्द्र र उत्कृष्ट बलर करणले टिभिएस मोटरसाइकल पाएका छन्।
यस्तै प्रतियोगिताको मोस्ट भ्यालुएवल खेलाडी लोकेशले १ लाख र उदयमान खेलाडी अनिल खरेलले रु ५० हजार रुपैंया प्राप्त गरे।च्याम्पियन बनेको चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेका छन्।