काठमाडौँ, २० माघ – सरकारको विरुद्ध सडक आन्दोलनमा उत्रेको नेपाली कांग्रेसले भोलि माघ २१ गते देशव्यापि बिरोध कार्यक्रमको आयोजना गर्ने भएको छ ।
उक्त बिरोध सभामा सहभागि हुन नेपाल तरुणदल केन्द्रीय समितिले तरुण दल जिल्ला समितिलाई परिपत्र मार्फत निर्देशन दिएको छ । संसदमा कांग्रेसको विरोधलाई वेवास्था गरेको तरुण दलको आरोप छ।
नेपाल तरुण दलले यस अघि देशका ७ वटै प्रदेशमा सरकार विरोधि प्रदशन गरेको थियो। कांग्रेसको पूर्व घोषित माघ २१ गते गर्ने कार्यक्रमलाई सघाउँन उपस्थितिका लागि आह्वान गरेको छ।
तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीद्धारा जारि परिपत्रमा भनिएको छ, ‘सरकारका अलोतान्त्रिक र अधिनायवादी चरित्रका बिरुद्ध गर्न लागिएको बिरोध कार्यक्रमलाई भव्य रुपमा सफल पार्न पार्टीसँग समन्वय गरि नेपाल तरुण दलका तर्फबाट सक्रिय सहयोग र सभागिताको लागि यो परिपत्र जारि गरिएको छ।’
महासचिव शाहीले नेपाली पब्लिकसँग भने,‘सरकार गठन भएदेखिनै उसले अधिनायकवादी बाटो रोजेको थियो, सरकारले कानूनी मान्यतालाइ लत्याईरहेको छ, संसदले प्रतिपक्षको कुरा सुन्न सकिरहेको छैन्, लोकतान्त्रिक मुल्य मान्यताका बिरुद्धमा सरकार हिडेको हुँदा हामीले देशब्यापि रुपमा बिरोध गरेका छौं, भोली पार्टीले आयोजना गरेको बिरोध कार्यक्रममा सक्रिय सहभागिताको लागि जिल्ला ससितिलाई निर्देशन दिएका छौं।’
महासचिव शाहीले भने, ‘भोलिको कार्यक्रममा तरुण दलका अध्यक्ष जितजंग बस्नेत ज्यु ललितपुर र म काठमाडौंमा सहभागि हुनेछौं।’