काठमाडौं– ललितपुरको सानेपामा आज बेलुका आगलागी भएको छ। शनिबार बेलुकी ८ बजेपछि सानेपा चोकमा रहेको एक कबाड कारखानामा आगलागी भएको हो।
अहिले आगो नियन्त्रणका लागि काठमाडौं, भक्तपुर, ललितपुर र नेपाली सेनाका १० वटा दमकल, ५ वटा पानी ट्यांकर , प्रहरी र स्थानियवासीहरुले प्रयास गरिरहेका छन्। कम क्षतिहोस् भनेर आसपासका क्षेत्रको विद्युत लाइन समेत काटिएको महानगरीय प्रहरी परिसर ललितपुरका डीएसपी सन्तोष लामाले जानकारी दिएका छन्।
यद्यपि आगलागीबाट मानवीय क्षति भएको छैन भने के कति धनमालको क्षति भयो भन्ने विवरण अझै आउन बाँकि छ।
आगलागीको कारण भने अहिल्यै खुलि सकेको छैन्।
तस्विर: Routine of Nepal banda