एजेन्सी– इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले वेस्ट ह्याम युनाइटेडलाई पराजित गरेको छ। शनिबार राति भएको खेलमा लेस्टरले युनाइटेडमाथि २–१ को जित निकालेको हो।
वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा लेस्टरलाई जित दिलाउन केलिची इहिनचो र देमाराई ग्रेले गोल गरेका थिए भने वेस्ट ह्यामको तर्फबाट पाब्लो फोर्नल्सले सान्त्वना गोल फर्काए। खेलको १२ औं मिनेटमा लेस्टरले पेनाल्टी पाएको थियो। तर देराराई ग्रेले पेनाल्टीको सदुपयोग गर्न सकेनन्।
पहिलो हाफको ४० औं मिनेटमा लेस्टरले अग्रता बनाउन सफल भयो। उसका लागि केलिचीले एयोजी पेरेजको पासमा गोल गरेका थिए। पहिलो हाफको अन्तिम समयमा घरेलु टोली बराबरी गोल गर्दै खेलमा फर्किएको थियो। उसका लागि पाब्लो फोर्नल्सले गोल गरेका थिए।
प्रतिस्पर्धात्मक खेलको ५६ औं मिनेटमा देराराईले गोल गर्दै लेस्टरलाई पुनः अग्रता दिलाए। त्यसपछि खेलमा दुबै टोलीले गोल गर्न सकेनन् र खेल लेस्टरले २–१ ले जित्यो।
जितसँगै लेस्टरले शीर्षस्थानको लिभरपुलसँगको अंक दुरी घटाएको छ। लेस्टरको २० खेलबाट ४२ अंक पुगेको छ। शीर्षस्थानको लिभरपुलको ५२ अंक छ।
शनिबार राति नै भएको अर्को खेलमा टोटेनहम र नर्विच सिटीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको छ। खेलमा २ पटक पछि परेको टोटनहमले उत्कृष्ट पुनरागमन गर्दै अंक खोस्न फल भएको हो। टोटेनहमको लागि क्रिस्टियन इरिक्सन र ह्यारी केनले गोल गरेका थिए भने नर्विचका मारियो भ्रानिकले गोल गरे। एक गोल टोटेनहमले आत्मघाती गोल खाएको थियो।
यस बराबरीसँगै टोटेनहम २० खेलबाट ३० अंक जोडेर छैटौं स्थानमा रहेको छ। नर्विच १३ अंक जोडेर पुछारमा छ।