काठमाडौं — जोरपाटी गोकर्णेश्वर नगरपालिका –५,जोरपाटीमा गरिमा विकास बैंकको नयाँ साखा सञ्चालनमा ल्याएको छ।
बैंक साखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरेका हुन्। विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले सम्पूर्ण आधुनिक बैंकिङ सुविधासहित शाखा कार्यालय सञ्चालनमा ल्याइएको बताए।
जोरपाटी शाखा कार्यालयले त्यस क्षेत्रको औद्योगिक तथा व्यावसायिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।