एजेन्सी– इङ्लिस क्लब वेस्ट ह्यामले प्रशिक्षक म्यानुअल पेलेग्रिनीलाई हटाएको छ। शनिबार राति घरेलु मैदानमा लेस्टर सिटीसँग २–१ गोलले पराजित भएसँगै क्लबले उनलाई बर्खास्त गरेको हो।
उनी सन् २०१८ को मेमा तीन बर्षका लागि क्लबसंग आबद्ध भएका थिए। पछिल्लो समय वेस्ट ह्यामले खराब प्रदर्शन गरिरहेको छ। पछिल्ला १२ खेलमध्ये वेस्ट ह्यामले ९ खेलमा हार बेहोरेको छ। वेस्ट ह्याम तालिकाको १७ औं स्थानमा छ।
क्लबको नयाँ प्रशिक्षकको रुपमा वेस्ट ह्यामका पुर्व प्रशिक्षक डेविड मोयसलाई क्लबको सम्भावित प्रशिक्षकको रुपमा हेरिएको छ।