एजेन्सी– भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली तथा उनकी पत्नी बलियउड नायिका अनुष्का शर्मा अहिले स्विजरल्याण्डमा रमाईरहेका छन्।
छुट्टी मनाउन स्विजरल्याण्ड पुगेको जोडी हिउँले ढाकेको पहाडको बीचमा खुलेर मज्जा लिइरहेका छन्। विराटले आफ्नो इन्स्ट्राग्राममा दुबै जनासँगै रहेको तस्विर सार्वजनिक गरेका छन्। एक अर्कासँग समय बिताइरहेका उनीहरु हिउँले ढाकिएको पहाडमा प्रेम साटिरहेकाे देख्न सकिन्छ।
व्यस्तताकाबीच पनि उनीहरु एकअर्काकाे लागि समय निकालिरहेका हुन्छन्। उदाहरणीय जोडि मानिने विराष्काकाे फाेटाेकाे उनका फ्यानहरुले प्रशंसा गरिरहेका छन्।