काठमाडौं– नेपाली चलचित्रमा अहिले बर्षा भनेपछि दर्शकले दुई जना नायिकाको नामले झकिन्छन्। बर्षा राउत र बर्षा सिवाकोटी, यी भने राउत नभएर सिवाकोटी हुन्। नायिका वर्षा सिवाकोटीलाई सफ्ट अवतारमा बढी देख्न पाइन्छ। चलचित्रको पर्दामा पनि उनी सफ्ट अवतारमा नै देखिन्छिन्। तर, वर्षालाई केही समय यता भने हट बन्ने रहर जागेको छ। चलचित्रको पर्दामा हट भूमिका त उनले कमै पाएकी छिन्।
तर, सामाजिक सञ्जालमा वर्षाका हट तस्वीर कहिलेकाही सार्वजनिक हुन्छन्। यसपटक भने वर्षा अलि बढी नै खुलेकी छिन्। वर्षाले सार्वजनिक गरेका केही तस्वीरमा उनी विकिनी अवतारमा देखिएकी छिन्। एक तस्वीरमा वर्षा लेख्छिन्, ‘कहिलेकाही, यो ठिक छ।’ वर्षा अहिले चलचित्र ‘चालबाज’ मा काम गरिरहेकी छिन्। उनको हातमा अरु केही चलचित्र पनि छन्।
व्यवसायिक रुपमा चलचित्र सफल नभएपनि उनको हातमा चलचित्रको अभाव भने छैन। वर्षाको यी तस्वीरले चर्चा पाइरहेको छ। किनकी, उनका फ्यानले उनलाई यस्तो अवतारमा यसअघि देखेका थिएनन्। यो अवतारले उनी ताली पाउँछिन् कि गाली भन्ने सबैलाई कौतुहलता जगाएको छ।