काठमाडौं— विश्वका चर्चित टावरमा नेपालको झण्डा फहराइने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सामाजिक सञ्जालमार्फत नेपालको राष्ट्रिय झण्डा तथा नेपाल भ्रमण वर्षको लोगो विश्वका ठूला शहरमा रहेका अग्ला भवन र टावरमा फहराइने जानकारी दिए।
उनले अहिलेसम्म विश्वका मुख्य एक दर्जन शहरहरु अष्टे्रलियाको सिड्नी, न्यूजिल्याण्ड, जापान, कोरिया, कतार, यूएई, हङकङ, जर्मनी, बेल्जियम, बेलायत, अमेरिका, क्यानडाका विभिन्न शहरमा रहेका अग्ला भवन र टावरमा डिसेम्बर ३१ बाट नेपाली झण्डा फहराइने बताएका हुन्।
युएईमा अवस्थित विश्वकै अग्लो भवन बुर्ज खलिफामा पहिलो पटक संविधान दिवसको दिन नेपालको राष्ट्रिय झण्डा फहराइएको थियो।