काठमाडौं– बलिउड नायिका करिना कपूर अहिले आफ्नो पुरानो स्टारडम फर्काउने दाउमा छिन्। शुक्रबारदेखि विश्व बजारमा रिलिज भएको बलिउड चलचित्र ‘गुड न्यूज’ ले बक्स अफिसमा सुखद कमाई गरिरहेको छ। चलचित्रको वर्ड अफ माउथ सुखद छ। साथमा, समिक्षकले पनि यो चलचित्रलाई उत्कृष्ट भनेका छन्। यसको प्रत्यक्ष फाइदा चलचित्रको बक्स अफिसमा परेको छ।
यो चलचित्रले शुक्रबार १७.५६ करोडको कमाई गरेको थियो। शनिबार भने चलचित्रको व्यापार २१.७८ करोड छ। चलचित्रले दुइ दिनमा करिब ४० करोडको व्यापार गरेको छ। चलचित्रको विकेन्ड कलेक्शन ६५ करोड भन्दा माथिको रहने अपेक्षा गरिएको छ।अक्षय कुमार, करिना कपुर, कियरा आडवाणी लगायतका कलाकारको मुख्य भूमिका रहेको यो चलचित्रका पटकथा शक्तिशाली रहेको छ। चलचित्रले सन्तानको प्रतिक्षामा रहेका दुई परिवारको कथालाई भन्छ। नायिका करिना कपुरको अभिनयको सर्वत्र प्रशंसा भईरहेको छ।
यो चलचित्र रिलिज भएसँगै डिसेम्बर २० मा रिलिज भएको नायक सलमान खान अभिनित चलचित्र ‘दबंग–३’ को व्यापार भने निकै नै कमजोर देखिएको छ। चलचित्रको लाइफ टाइम कलेक्शन १५० करोड पनि नपुग्ने देखिएको छ। सलमान र अक्षयको सिनेमा रिलिजको मिति नजिकिंदै गर्दा उत्साहित भएका उनीहरुका फ्यानहरु कोही उत्साहित हुनु र कोही दुखित हुनुमा त्यस्तो अचम्मै मान्नु पर्ने त नहोला।