एजेन्सी– अष्ट्रेलियाले टेष्ट सिरिजअन्तर्गतको दोस्रो खेलमा न्युजिल्याण्डलाई २ सय ४७ रनले हराएको छ। यस जितसँगै उसले सिरिज २–० ले जितेको छ। अष्ट्रेलियाले न्युजिल्याण्डविरुद्ध लगातार १० औं टेष्ट सिरिजमा जित हासिल गरेको छ। पछिल्लो पटक उसले १९९० मा हार बेहोरेका थियो।
न्युजिल्याण्डविरुद्ध रनको हिसाबले अष्ट्रेलियाको यो तेस्रो ठूलो जित हो। यसअघि उसले १९७४ मा भएको टेष्टमा २ सय ९७ तथा सोहि वर्षको अर्को टेष्टमा २ सय ९६ रनको जित निकालेको थियो।
अष्ट्रेलियाले न्युजिल्याण्डलाई ४ सय ८८ रनको लक्ष्य दिएको थियो। जवाफि ब्याटिङ गरेको न्युजिल्यााण्डले दोस्रो इनिङमा २ सय ४० रन मात्र बनाउन सक्यो। त्यसअघि अष्ट्रेलियाले पहिलो इनिङमा ४ सय ६७ रन बनाएको थियो।
न्युजिल्याण्डले पहिलो इनिङमा १ सय ४८ रन बनायो। त्यसपछि अष्ट्रेलियाले आफ्नो दोस्रो इनिङमा ५ विकेटको क्षतिमा १ सय ६८ रन बनाउँदै इनिङ समाप्त गरेको थियो।