ताप्लेजुङ– सदरमुकामस्थित भानुजन माध्यामिक विद्यालयमा अध्ययनरत पाँच विद्यार्थीलाई इन्द्रबहादुर श्रेष्ठ स्मृति प्रतिष्ठानले छात्रवृत्ति प्रदान गरेको छ।
प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा कक्षा १० मा अध्ययनत् मनकुमार शाहशङ्कर र सुजन इधिङ्गो, कक्षा ६ का पेम्बाछिरिङ शेर्पा, पासाङ डोमा शेर्पा र कक्षा ९ का कञ्चन पन्दाकलाई जनही रु १२ हजारका दरले जेहेन्दार छात्रवृत्ति प्रदान गरिएको हो।
स्व इन्द्रबहादुर श्रेष्ठका सुपुत्र तथा प्रतिष्ठानका सदस्य अमर श्रेष्ठले ती विद्यार्थीलाई छात्रवृत्ति हस्तान्तरण गरे। फुङलिङका समाजसेवी व्यक्तित्व इन्द्रबहादुर श्रेष्ठको विसं २०५६ मा मृत्युभएको थियो। विसं २०६३ मा स्थापित प्रतिष्ठाले स्थापना कालदेखि छात्रवृत्ति प्रदान गर्दै आएको छ। रासस