काठमाडौं– दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका ६ कट्टी पान्तोला स्थायी घर भएका चाँदनी चन्द र शेर बहादुर चन्दले भारतको राशकोटमा आफ्ना दुबै सन्तानलाई एकैसाथ गुमाएका छन्। कामको शिलशिलामा गएका चाँदनी र शेर बहादुरले आफ्ना २ सन्तानलाई साथमा लिएर केही समय अगाडिदेखि भारतको राशकोटमा बस्दै आएका थिए।
सधैं छोरा–छोरीलाई ढोका बन्द गरेर काममा जाने चाँदनी र शेर बहादुरले यस्तो होला भनेर सोचेनन्। शनिबारको दिनमा घरमै खेलेर बसिरहेका ६ बर्षीय छोरी सृष्टि र ३ बर्षीय छोरा अकस्मात विद्युतको मिटर बक्समा आगलागी भएर दुबै भाई बहिनी एकसाथ जलेका थिए। बाहिरबाट ढोका बन्द गरेर बुबा आमा काममा गएको कारण उनीहरुले ढोका खोलेर बाहिर निस्कन पनि सकेनन्।
अन्तत उनीहरु त्यही जल्न पुगे। आमा चाँदनी अहिलेसम्म बेहोस अवस्थामा छन्। उनलाई फोनमा सान्वता दिन खोज्नेहरुलाई झनै पिंडाको विषय बनेको छ। उनकी दिदी कल्पना शाही सँग नेपाली पब्लिकले लिएको जानकारी अनुसार आफु पनि भारतमै भएर पनि भेट्न जान सकिरहेका छैनौं।
बहिनी बेहोस भएर अहिलेसम्म पनि हामीसँग फोनमा बोलको छैन। त्यही पिंडा खप्न नसकेर उसले आफ्नै ज्यान खतरामा पुर्याई भने हामी के गर्ने? कल्पनाले रुदैं फोनमा बताईन्। घरबाट कल्पनाका जेठाजु त्यहाँ जाँदैछन्। त्यहाँ रहेका केही नेपालीहरुले उनीहरुलाई सान्त्वना दिईरहेका छन्।