काठमाडौं– आइतबार प्रतिनिधिसभाको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले थापाथलीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदाम अनुगमन गरेको छ।
सो गोदाममा रहेका हजारौँ क्वीन्टल चालम कुहिएको समाचार सार्वजनिक भएपछि समितिले अनुगमन गरेको हो। गोदाममा राखिएको चामलमा चिलेसा पर्नुका साथै रङ परिवर्तन भएर खैरो भएको जनाइएको छ।
यसअघि पुस १ गते जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि सम्मिलित विभागको टोलीले अनुगमन गर्दा बोरामा राखिएका चामल खान नमिल्ने गरि कुहिएको अवस्थामा भेटेको थियो। चालमका बोराहरु खोलेर छानबिन गर्नेक्रममा चिलेसा लागेको अबस्थामा फेला परेको थियो।
यसैगरि समितिले गोदाममा राखिएका चामल लगायत अन्य खाद्य पदार्थको पनि अनुगमन गरेको थियो।