काठमाडौं– प्रहरीले एटीएम मेसिनबाट पैसा चार्दै गर्दा २ जनालाई पक्राउ गरेको छ। राजधानीको चन्द्रागिरी नगरपालिका–७ स्थित थानकोट चेकपोस्ट नजिकै रहेको सिटिजन्स बैंकको एटीएम मेसिन तोडेर पैसा निकाल्दै गर्दा २ जनालाई नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा मुगु सोरु गाउँपालिका वडा–६ घर चन्द्रागिरी ५ स्थित दाउराडिपो बस्ने २४ वर्षीय चित्र बहादुर शाही २० वर्षीय नन्दराज धराल रहेका छन्। प्रहरीका अनुसार उनीहरुले एटीएम मेसिन राखेको सटरको ताल्चा तोडी मेसिन समेत फुटाइसकेका थिए।
मेसिन तोडेपनि प्रहरी समयमै पुग्दा पैसा चोरी हुनबाट जोगिएको छ। घटनास्थलमा प्रहरीले एटीएम मेसिन फुटाउन प्रयोग गरेको ढुंगा, पिलास, फलाको रेन्च, काठको बिड भएको धारिलो हतियार चक्कु समेत फेला पारेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।