एजेन्सी– अमेरिकी सेनाले इराक र सिरियास्थित लडाकु शिविरमा आक्रमण गर्दा १८ जनाको मृत्यु भएको छ। आफ्नो देशका एक ठेकेदार मारिएपछि उक्त हमला गरेका हुन्। साे हमलामा ५० जना घाईते भएका छन्।
कताइब हिज्बुल्लाहले नियन्त्रणमा लिएका क्षेत्र र उनीहरूले हातहतियार भण्डारण गर्ने स्थानलाई निसाना बनाएर आक्रमण गरिएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ। अमेरिकाले हिज्बुल्लाहलाई आतङ्कवादी सङ्गठन मानेको छ।
गत हप्ता किर्कुकमा भएको रकेट आक्रमणमा परेर एक अमेरिकी ठेकेदारले ज्यान गुमाएका थिए भने कैयौँ अमेरिकी सेना तथा इराकका अधिकारीहरू घाइते भएका थिए।
समाचारसंस्था रोएटर्सका अनुसार आइतवार इराकको पश्चिमी क्षेत्रमा रहेको अलकाइम जिल्लामा आक्रमण गरिएको हो। उक्त स्थान सिरियानजिकै पर्ने बताइएको छ।