एजेन्सी– जन्मिएपछि सबैको मृत्यु अवस्य नै हुन्छ। किनभने जन्म र मृत्यु हाम्रो अधिनमा हुँदैन। तर ब्रिटेनका एक वैज्ञानिकले मरेका मान्छेलाई बचाउँन सक्ने च्यालेन्ज गरेका छन्। ब्रिटेनका वैज्ञानिक उनले हेड ट्रान्सप्लान्टबाट मरेको मानिसलाई जिउँदो बनाउन सकिने ठोकुवा गरेका हुन्।
ब्रिटेनका एक पूर्व न्युरोसर्जन तथा रोबोटिक्स एक्सपर्टले हेड ट्रान्सप्लान्टबाट मरेको मानिस बचाउँन सकिने बताएका हुन्। साथै ब्रीटेनकै हल युनिभर्सिटी टिचिङ्ग हस्पिटलका पूर्व क्लिनिकर प्रमुख डाक्टर ब्रुस मेथ्युले पनि अबको १० वर्षमा हेड ट्रान्सप्लान्टबाट मरेको मानिस बचाउँन सक्ने बताएका छन्।
यो प्रोजेक्टमा रोबोटिक्स, स्टेम सेट ट्रान्सप्लान्ट्स र नर्व सर्जरीको एड्भान्स टेक्नोलाजीले सहयोग गर्नेछन्। युरोप तथा अमेरिकामा हेड ट्रान्सप्लान्टलाई नैतिक कारण देखाएर लागु गर्न दिइएको छैन। तर चीनले भने हेड ट्रान्सप्लान्टको लागि अनुमति दिएको छ।
सन् २०१७ मा जि आ ओपिङ्ग नामका चाइनीज वैज्ञानिकले हेड ट्रान्सप्लान्ट सफल गरेका थिए। उनले एक मृत व्यक्तिको शिर अर्काे मृतको शरिरमा ट्रान्सप्लान्ट गरेका थिए। यो चीनको हार्बिन मेडिकल युनिभर्सिटीमा गरिएको सर्जरी १८ घण्टामा सकिएको थियो।