एजेन्सी — यसपालि चिसोले दिल्लीमा नयाँ रेकर्ड बनाएको छ। अत्याधिक चिसोकै कारण भारतका तीन राज्य उत्तर प्रदेशमा ५०, बिहारमा ३६ र झारखण्डमा ६ जना गरी कम्तिमा ९२ जनाको मृत्यु भएको छ।
२२ वर्षपछि अत्यधिक चिसो मापन गरिएको भारतमा ज्यान गुमाउनेको संख्या थप बढ्ने अनुमान गरिएको छ। अधिकांश ठाउँमा न्यूनतम तापक्रम फ्रिजिङ पोइन्टभन्दा तल पुगेको छ भने ६ राज्य पञ्जाब, हरियाणा, दिल्ली, राजस्थान, उत्तर प्रदेश र बिहारमा रेड अलर्ट जारी गरिएको बताईएको छ।
दिल्लीमा लगातार १२ दिन चिसो भएको छ। यस्तो लगातार चिसो भएको सन् १९९७ पछि पहिलोपटक हो। यस पटक चिसोले दिल्ली, नोएडा, गाजियाबाद र फरीदाबाद वरपरका क्षेत्रहरुमा बरफ जमेको छ। फाँटमा तापक्रम १६ डिग्री सेल्सियसबाट पनि तल झरेको छ।