एजेन्सी– सन् २०१९ बिदा हुन अब १ दिन मात्र बाँकी छ। बलिउडका लागि सन् २०१९ सुखद रह्यो। यो बर्ष बलिउडमा नयाँ अनुहारहरुको प्रवेश राम्रै भयो। जसमा केही कलाकार मात्र सफल हुन पुगे। जुन कलाकारहरुका नामहरु यसप्रकार छन्ः
१.अनन्या पाण्डेः सन् २०१९ मा बलिउडमा प्रवेश गर्ने नयाँ अनुहारमा सबैभन्दा भाग्यमानी नायिकामा अनन्या पाण्डे पर्छिन्। अनन्या चलचित्र ‘स्टूडेन्ट अफ दि इयर’ बाट बलिउडमा प्रवेश गरिन्। यो चलचित्र बक्स अफिसमा सफल भयो। उनी, अभिनित दोश्रो चलचित्र ‘पति पत्नी और ओ’ पनि बक्स अफिसमा हिट भयो। उनको हातमा अहिले चलचित्रको अभाव छैन। उनी, अहिले चलचित्र ‘खाली पिली’ मा काम गरिरहेकी छिन्।
२.तारा सुतारियाः चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’ बाटै नायिका तारा सुतारिया पनि बलिउडमा यसै बर्ष प्रवेश गरिन्। २४ बर्षकी ताराको चर्चा पनि बलिउडमा राम्रै छ। उनले चलचित्र ‘मरजावा’ मा पनि काम गरिन्।
३. प्रनुतन बहलः मोहनिश बहलकी छोरी प्रनुतन बहललाई नायक सलमान खानले चलचित्र ‘नोटबुक’बाट डेब्यू गराएका थिए। यो चलचित्रले बक्स अफिसमा कुनै चमत्कार गरेन। तर, पनि प्रनुतनको चर्चा भने एकदमै राम्रो भयो। उनी अहिले चलचित्र ‘हेल्मेट’ मा काम गरिरहेकी छिन्।
४.सई मान्जरेकरः सइले चलचित्र ‘दबंग–३’ मा काम गरिन्। यो चलचित्रमा सइ सलमानकी प्रेमिकाको भूमिकामा देखिएकी थिइन्। यो चलचित्र बक्स अफिसमा सफल हुन सकेन। यी बाहेक बलिउडमा यो बर्ष जहिर इकबाल, सिद्धार्थ चुतर्वेदी, करण देवल, करण कपाडिया, मीजान जाफरी, शर्मिन सहगल लगायतका कलाकारले डेब्यू गरे। तर, यो बर्ष सर्वाधिक चर्चा अनन्याको रहेको छ। अरु, कलाकारको भविष्य सन् २०२० मा आउने चलचित्र पनि निर्धारण गर्नेछ।