मोरङ– बेलबारी नगरपालिकाले पुस १५ अर्थात् भोलि मंगलबार सार्वजनिक बिदाको घोषणा गरेको छ। सोमबार सूचना जारी गर्दै बेलबारी नगरपालिकाले सार्वजनिक बिदाको घोषणा गरेको हो।
बेलबारी नगरपालिका प्रमुख ज्ञानेन्द्र सुवेदीले जारी गरेको सूचनाअनुसार भोलि तमु ल्होसार परेकाले बेलबारी नगरपालिकाले स्थानीय बिदा दिने निर्णय गरेको जनाइएको छ।