काठमाडौं– सन् २०१९ सालको अन्त्य तिर आइसक्दा नेपाली बजारमा आएका ३० लाख भन्दा कम मूल्यका कारले बजारमा निकै राम्रो छाप छोड्न सफल भएका छन्। बजारमा कम मूल्य र उत्कृष्ट फिचर भएका हुन्डाई, मारुती सुजुकी, फोर्ड र टाटाका कारले निकै राम्रो प्रभाव छाडेका हुन्।
४.फोर्ड फिगो
फोर्डले आफ्नो ह्याचव्याक कार फिगोको फेसलिफ्ट मोडल यसै वर्ष सार्वजनिक गरको थियो। यो कार पावर र फिचर अनुसार कम मूल्यको कारण निकै चर्चा रहेको छ।
नयाँ शक्तिशाली इन्जिन र १२०० भन्दा बढी ठूलो–सानो परिवर्तन, आकर्षक डिजाइन, अगाडि र पछाडिको भागमा परिमार्जनका साथ उत्कृष्ट र आरामदायी भित्री बनोट तथा ब्रान्ड न्य्र इन्टेरियर रहेको जारी विज्ञप्तिमा उल्लेख छ। नयाँ फिगो रमाइलो र आरामदायी सवारीको मौलिकतालाई अझ बढी उजागर गर्दै नयाँ १.२ लिटर पेट्रोल र १.५ लिटर डिजेल इन्जिनका साथ बजारमा ल्याएको कम्पनीले जनाएको छ।
नयाँ फोर्ड फिगो दुई इन्जिन प्रकार र चार मोडल तथा सात रङहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ। फोर्ड फिगोको पहिलो खरिदकर्ता तथा आफ्नो मूल्यको पूर्ण लाभ खोज्नेको लागि पहिलो रोजाइको रुपमा रहँदै आएको छ। नयाँ संस्करणमा यी गुणका साथै आधुनिक जीवनशैलीलाई मध्यनजर गर्दै स्मार्ट टेक्नोलोजी तथा विशेषता समावेश गरी ग्राहकलाई अझ बढी सन्तुष्टि प्रदान गर्न परिमार्जित रुपमा ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ।
जियो फोर्डले नेपाली बजारमा ल्याएको नयाँ फिगोको सुरुवाति मूल्य २४ लाख ९९ हजार रुपैयाँ राखेको छ भने टप भेरियन्टको मूल्य ३१ लाख ९९ हजार ९९९ रुपैयाँ तोकेको छ।
३.टाटा एनआरजी
टाटाको आधिारीक वितरक सिप्रदी ट्रेडिङले नेपाली बजारमा ल्याएको टाटा एनआरजी पनि २०१९ को सफल मोडलको सूचीमा परेको छ। १.२ लिटरको रिभोट्रोन पेट्रोल इन्जिन रहेको टाटाको एनआरजी ५ स्पीडको म्यानुअल ट्रान्समिसनमा उपलब्ध हुनेछ।
आधुनिक डिजाइन र प्रविधि रहेको टाटा एनआरजीले नेपाली बजारमा राम्रो पर्फमेन्स गरिरहेको छ। कम्पनीले यसको सुरुवाति मूल्य २९ लाख ५५ हजार रहेको छ। यो तीनवटा आकर्षक रंगमा उपलब्ध हुनेछ। मालाबार सिल्भर, क्यानयोन अरेन्ज र फुजी ह्वाइट र यसमा कालो छत र रूप रेल पनि हुनेछ।
साथै यसमा ५ इन्चको थ्रीडी न्याभिगेसन सुविधासहितको टच–स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । यो हर्मनका इन्फोटेन्मेन्ट सिस्टममा आठवटा स्पीकर जडान गरिएको छ। यी स्पीकरको सहायताले राम्रो म्यूजिक सिस्टमलाई भब्य बनाएको छ।
२.मारुती सुजुकी एसप्रेसो
सिजी मोटो कर्पलले अघिल्लो महिना नेपाली बजारमा ल्याएको मारुती सुजुकीको माइक्रो एसयूभी एसप्रेसो निकै सफल चर्चामा रहेको मोडल हो। एसप्रेसो मारुती सुजुकीको ब्राण्ड न्यू मोडल हो। यसले भारतीय बजारमा निकै राम्रो व्यापार गरिरहेको छ भने नेपालमा पनि निकै राम्रो रहेको सिजी मोटो कर्पले जनाएको छ।
सुजुकीको हार्टटेक प्ल्याटफर्ममा निर्माण गरिएको एस–प्रेसोमा १.० लिटर ३ सिलिन्डर के सिरिज पेट्रोल इन्जिन दिइएको छ ।यसको इन्जिनमा पाँच स्पीड गियरबक्स लगाइएको छ। २७ लिटर इन्धन क्षमताको फ्युल ट्यांकी लगाइएको यस मोडलमा १४ इन्चको अलोय ह्वील लगाइएको छ। यसमा १८० एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ।
एसप्रेसोमा एयर कन्डिशनरको सुविधासँगै पावर स्टेयरिङ्ग , फ्रन्ट पावर विन्डो, किलेस इन्ट्री, सेन्ट्रल लकिंग सिस्टम, बडि कलर बम्पर जस्ता विशेषता दिइएको छ । यसमा १७.७८ सेन्टिमिटरको स्मार्ट प्ले स्टुडियो टचस्क्रृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेयरिङ्ग माउन्टेड कन्ट्रोल्स, बडी कलर ओरभीएमएस लगायतका विविध विशेषता दिइएको छ।
विभिन्न ४ भेरियन्टमा नेपालमा सार्वजनिक हुन लागेको एस–प्रेसोको एलएक्सआई (स्टायडर्ड) मोडलको सुरुवाति मूल्य २२ लाख ९९ हजार रुपैयाँ रहेको छ भने पावर बिन्डो सहितको एलएक्सआई मोडलको मूल्य २३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी कम्पनीले ल्याएको भिएक्सआई मोडलको मूल्य २४ लाख ९९ हजार र भिएक्सआई प्लसको मूल्य २५ लाख ४९ हजार रुपैयाँ तोकिएको छ।
१. हुन्डाई सेन्ट्रो
हुन्डाईको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्स प्रालिले सन् २०१९ को फेब्रुअरी मा सार्वजनिक गरेको आफ्नो चर्चित मोडल सेन्ट्रोले यो वर्ष आफ्नो सेग्मेन्टमा उत्कृष्ट व्यापार गर्न सफल भएको छ।
सन् २०१४ मा उत्पादन बन्द भएको सेन्ट्रोलाई कम्पनीले २०१८ मा पुनः उत्पादन सुरु गरेको थियो। टल ह्याच डिजाइनमा आएको सेन्ट्रोले बजारमा निकै राम्रो बिक्री गरिरहेको छ।कम्पनीले बिक्री वितरण गर्दै आएको सेन्ट्रो आफ्नो सेगमेन्टमै पहिलो टच स्क्रिन इन्फोटेनमेन्ट भएको कार हो।
जसले एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्छ। त्यस्तै अल न्यू सेन्ट्रोमा पार्किङ सेन्सर सहितको रियर क्यामेरा, रियर एसी भेन्ट, इलेक्ट्रोनिकल्ली कन्ट्रोल्ड एक्सटेरियर मिररलगायत सुरक्षा विशेषता समेत रहेको छ।
भेरियन्टको मूल्य २२ लाख ९६ हजार रुपैयाँ रहेको छ भने टप भेरियन्टको मूल्य ३० लाख ५६ मा बिक्री गर्दै आएको छ।