सुनसरी– यौनदुव्यवारका आरोपी सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा छोड्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ।
सोमबार(आज) सकिएको थुकछेक बहशपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो।
आफ्नै अनुयायीमाथि यौनदुव्र्यवहार गरेको उजुरी परेपछि प्रहरीले गत मंसिर १६ गते विराट नर्सिङ होमको आइसियुबाटै उनलाई पक्राउ गरेको हो।
पहिलो पटक ७ दिनको, दोस्रो पटक ४ दिनको र तेस्रो पटक ३ दिनको म्याद थप भए पनि उनी सर्वसाधारण राखिने प्रहरी हिरासतमा भने बसेका छैनन्।