एजेन्सी– चर्चित बलिउड अभिनेत्री काजोल अचेल सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। हालै काजोलले एउटा ट्विट गरेकी थिइन् जसकारण उनको निकै चर्चा भइरहेको छ। काजोलले ट्विटमा आफ्ना श्रीमान तथा अभिनेता अजय देवगन र शैफअली खानले धोका दिएको आरोप लगाएकी छन्। काजोलले अजय देवगन र शैफअली खानलाई भनेकी छन्, तपाईंहरूले मलाई ओमकारामा धोका दिनुभयो। र अब प्रचारमा पनि दिइरहनु भएको छ।’ काजोलले ट्विटमा थप लेखेकी छन्। आशा छ कि तपाईंहरू यो ट्विट स्विटजरल्यान्डमा पढ्दै हुनुहुन्छ।
सामाजिक सञ्जालमा खुब चर्चा भइरहेको काजोलको यो ट्विट शैफअली खान र अजय देवगनको नयाँ फिल्म लक्षित हो। फिल्म ‘तान्हा जीस्द अनसङ वारियर’ मा दुई अभिनेता सँगै देखिँदैछन्। यसमा काजोल पनि छन्। तर फिल्मको प्रचारका लागि अजय र शैफ मात्र स्विटजरल्यान्ड गएकाले काजोलले उनीहरूमाथि धोका दिएको आरोप लगाएकी हुन्। काजोल आफूलाई स्विटजरल्यान्ड नलगेको भन्दै यस्तो ट्विट गरेकी हुन्।
‘तान्हा जीस्द अनसङ वारियर’ मा अजय देवगन छत्रपति शिवाजीका सेनापति सूबेदार ताना जी मालुसरेको भूमिकामा देखिँदैछन्। फिल्ममा अजय, शैफ र काजोलसहित पंकज त्रिपाठी र शरद केलकरको पनि मुख्य भूमिका छ। फिल्म आउँदो जनवरी १० मा रिलीज हुँदैछ।