काठमाडौं– थाइराइड भनेको एउटा ग्रन्थी हो जुन घाँटीमा सास फेर्ने नलीको बाहिरपट्टी रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ। घाँटीमा टी थ्री र टी फोर रसायनले शरीरका विभिन्न अंगहरूमा गएर तागत दिने काम गर्छ, जसलाई मेटापोलिजम भनिन्छ।
थाइराइड ग्रन्थीमा कुनै गडबडी भयो भने थाइराइडको समस्या हुन्छ।
थाइराइड ग्रन्थीमा दुई प्रकारको हर्मोन हुन्छ । धेरैजसो आउने बिरामीमा देखिने भनेको हर्मोन कमीको कारण थाइराइड भएको दखिएको छ, जसलाई हाइपोथाइरोइडिजम भनिन्छ।
हाइपोथाइरोइडिजम भनेको जुनथाइराइड ग्रन्थी हुन्छ, त्यो अलिकति अन्डर एक्टिभ हुन्छ। अथवा त्यति राम्रोसँग काम गर्न सक्दैन । जुन कारणले गर्दा हर्मोनको कमी हुन्छ । हर्मोनको उत्पादन राम्ररी हुँदैन । विषेशगरी महिलाहरूलाई धेरै मात्रामा थाइराइड देखिएको छ।
यसको लक्षणहरुः
१. कपाल धेरै झर्ने,
२. दुब्लाउने वा मोटाउने,
३. शरीरमा पसिना बढी आउने वा कम आउने,
४. निद्रा बढी लाग्ने वा कम लाग्ने,
५. कब्जियत हुने वा झाडापखाला लाग्ने,
६. महिनावारी गडबडी हुने,
७. मुटु जोडसँग ढुकढुक हुने,
८. हात काँप्ने,
९. गर्मी बढी हुने वा जाडो हुने,
१०. छाला खस्रो हुने,
यसको उपचार विधिहरुः
१.परीक्षणपश्चात् थाइराइड ग्रन्थीको रोग देखिए तत्कालै विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचारमा लाग्नुपर्छ।
२.आयोडिन, रेडियोएक्टिभ तथा एन्टिथाइराइड औषधि र शल्यक्रिया (हाइपर थाइराइडिज्मका लागि) र थाइराइड हर्मोन चक्की (हाइपो थाइराइडिज्मका लागि) विभिन्न रासायनिक हर्मोनको प्रयोगले यसको प्रभावकारी उपचार हुन्छ।
३.आवश्यकताअनुसार विशेष तथा लाक्षणिक उपचार हुन्छ।
४.यसप्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय–समयमा थाइराइड हर्मोनको रक्तपरीक्षण गर्ने र रोग भएमा समयमै उपचार गर्नुपर्दछ।
५.त्यस्तै आयोडिनयुक्त नुनको प्रयोग नगर्ने, अनावश्यक रूपमा एक्सरे नगर्ने, सिटीस्क्यान आदि पटक–पटक नगर्ने, तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने, धेरै चिया, कफी तथा चुरोट नपिउने, सक्रिय जीवनशैली अवलम्बन गर्ने गर्नुपर्छ।