काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भित्र बढीरहेको आन्तरिक विवाद कम गर्ने प्रयास भइरहेको छ। पार्टीका सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलसँगको छलफललाई निरन्तरता दिइरहेका छन्।
यसैबीच संस्थापन पक्षको उपस्थिति बिना सभापति देउवाले गत शुक्रबारको केन्द्रीय समिति बैठकबाट महाधिवेशनको कार्यतालिका तोक्ने, केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने र विधानका धारा निलम्बन गर्ने जस्ता निर्णय गरेका थिए। त्यससँगै पार्टीमा विवाद झन् चर्किएको छ।
त्यही विवादलाई साम्य पार्न सोमबार बिहान उपसभापति विमलेन्द्र निधि वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा पुगेका छन्।
छलफलमा दुबै पक्ष मिलेर जाने विषयमा छलफल भएको बताइएकाे छ। राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी छलफल र सभामुख चयनका विषयमा आन्तरिक छलफलको तयारीका लागि पनि पौडेललाई फकाउन देउवाले लागि परेका छन्।