एजेन्सी — डढेलो तथा तातो हावाका कारण अस्ट्रेलियाको सबै राज्यको तापक्रम ४० डिग्री सेल्सियस भन्दा बढी भएको छ।
सोमबार भिक्टोरिया राज्यमा डढेलो विनासकारी बनेर फैलिएको छ। झण्डै ३० हजार बासिन्दा तथा पर्यटकहरुलाई भिक्टोरियाको इस्ट गिप्पल्याण्ड क्षेत्रबाट बाहिरिन सुझाव दिइएको छ।
विशेष गरी अस्ट्रेलियाको दक्षिण पूर्वी क्षेत्रमा डढेलो गम्भीर बनेको छ। अस्ट्रेलियाका चार राज्यमा डढेलो गम्भीर बनेका छन् र अग्नि नियन्त्रकहरु खटिरहेका छन्।
अस्ट्रेलियाका विभिन्न क्षेत्रमा गरी १ सय भन्दा बढी डढेलो सक्रिय रहेका छन्। भिक्टोरिया, साउथ अस्ट्रेलिया, न्यू साउथ वेल्स र तास्मानिया क्षेत्रमा डढेलो अझै गम्भीर बन्न सक्ने भन्दै चेतावनी दिइएको छ।