काठमाडौं– बहुचर्चित गायक भगवान भण्डारीको नयाँ गीत भर्खरै मात्र सार्वजानिक भएको छ। हाल अमेरिकामा बस्दै आएका भण्डारी पछिल्लो समय गीत संगीतबाट टाढिएकोमा दर्शकहरुले निकै गुनासो गरेका थिए। यसपटक १ महिनाको छुट्टिमा नेपाल आएका भण्डारीले धेरै गीत रेकर्ड गरेर पुनः अमेरिका नै फर्केका छन्।
केही समय अगाडी सार्वजानिक भएको उनको गीत ‘सान्नानीको पछ्यौरी’ लाई दर्शकले अत्याधिक रुचाएका छन्। जसमा उनलाई स्वरमा बहुचर्चित गायिका बिमाकुमारी दुरा र राजु परियारले साथ दिएका छन्। त्यसपछि सार्वजानिक भएको यो गीतमा उनलाई चर्चित गायिका देबि घर्ती मगर र रेशम निर्दोषले साथ दिएका छन्।
भण्डारीकै शब्द र संगीत रहेको गीतको संगीत संयोजन माधव भण्डारीले गरेका हुन्। प्रकाश भट्टको निर्देशनमा रहेको भिडियोमा नयाँ मोडलसँग उनी आफै देखिएका छन्। भगवान भण्डारी अफिसियल यूटूब च्यानलबाट सबत्र बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=KVlikz0wxuk