काठमाडौं– एक समय नेपाली चलचित्रमा अत्याधिक रुचाईएका चकलेटी अभिनेता राजबल्लभ कोईराला बाबु बन्ने भएका छन्। उनले आईतबार सामाजिक सञ्जालमा श्रीमतीको बेबी बम्पसहितको केही तस्विर सार्वजनिक गर्दै आफू पिता बन्न लागेको जानकारी दिएका हुन्। उनले तस्बिरका साथ लेखका छन् ‘बढ्दै गरेको परिवारलाई लिएर उत्साहित छु। कृपया हाम्री सानी राजकुमारीका लागि प्रेम र आर्शिवाद पठाउनु होला।’
राजबल्लभले २ वर्ष अगाडि प्रतिमा विमलीसँग लगनगाँठो कसेका थिए। केही बर्ष अगाडि फिल्म ‘हाइवे टु धुम्पुस’ को कामका लागि भन्दै अमेरिका पुगेका उनी अहिले पनि उतै छन्। उनी अभिनित पछिल्लो नेपाली फिल्म ‘६ एकान ६’ हो। चलचित्रमा उनको माग हुँदा–हुँदै पनि उतै बसिरहेका छन्।