काठमाडौं– उदय सुब्बाको नामा नेपाली चलचित्र निर्देशनमा एक स्थापित नाम हो। उनकै निर्देशनमा रहेको चलचित्र हो ‘आकाशे खेती’। नयाँ वर्षको बैशाख २६ गतेबाट प्रदर्शनमा आउने फिल्म एसएस इन्टरनेशनलको ब्यानरमा निर्माण भएको हो।
कमेडी कथामा निर्माण भएको फिल्ममा विल्सन विक्रम राई (तोक्मे बुढा), गौरव पहाडी, नीता ढुङ्गगाना, बुद्धि तामाङ्ग, रविन्द्र झा, रजनी गुरुङ्ग, अनुप याक्सा , रमा लिम्बु, लक्षु शर्मा, प्रकाश शर्मा लगायतको अभिनय रहनेछ। समाजका विभिन्न घटनाक्रमलाई मनोरञ्जनात्मक रुपमा फिल्ममा प्रस्तसत गरिएको निर्देशक सुब्बाले बताए। राजु किरातीको द्धन्द्ध, रामजी लामिछानेको नृत्य रहेको फिल्मका संगीत विकाश चौधरीले दिएका छन्।