काठमाडौं– लोकप्रिय गायक तथा सर्जक खेम सेन्चुरीका एकपछि अर्का उत्कृष्ट रचना बजारमा आएका छन्। सुमधुर स्वरका धनी खेमको आवाज जति मिठो छ, त्यो भन्दा अझ मार्मिक उनका रचनाहरु छन्। केही समय अगाडि बजारमा आएको ‘कपलु कोरेर’ गीतलाई दर्शकले अत्याधिक रुचाएपछि खेमले फेरि त्यस्तै भाव रहेको गीत ‘आसी’ बजारमा ल्याएका छन्।
यसपटक उनलाई आवाजमा लोकप्रिय गायिका शान्तिश्री परियार मोहन खड्काले साथ दिएका छन्। खेमको लय रहेको गीतमा शब्द भने नेत्र अर्यालको रहेको छ। बिनोद भण्डारीले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा ओबि रायमाझी र जुना तामाङ्को अभिनय रहेको छ। गीतमा माया गर्ने जोडीले एक अर्कालाई हसाउँन सकेपछि मात्र माया सार्थक रहने, नत्र त्यो मायाको केही पनि अर्थ नरहने कुरा झल्काईको छ। ओबि रायमाझी अफिसियल यूटूबबाट सबत्र बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=l2oNoNxgSuA