काठामाडौं– नेपाली चलचित्रको खस्कँदो व्यापारले निर्माता निर्देशकले नयाँ–नयाँ तरिका अपनाउँदै आएका छन्। चलचित्र ‘लभ डायरीज’ मा समावेश ‘छम छम’ बोलको गीत सार्वजनिक गरिएको छ। काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको यो गीत सार्वजनिक गरिएको हो। गीतमा, दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वर छ।
गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार सुशिल श्रेष्ठ, रुविना थापा र विश्वजीत रिमाललाई फिचरिङ गरिएको छ। साथमा, गीतको भिडियोमा टिकटकमा भाइरल प्रिस्मा र प्रिन्सी खतिवडालाई पनि देख्न सकिन्छ। प्रविण सिंहको कोरियोग्राफीमा तयार भएको यो भिडियोलाई चलचित्र भित्र बिहेको माहोलमा खिचिएको छ। सौरभ चौधरीको निर्देशन रहेको यो चलिचत्रका एसोसियट निर्देशक साहिल खान हुन्।
चलचित्रमा विनोद सापकोटाको लगानी छ भने सरोज तुलाधर सह–निर्माताको रुपमा छन्। मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रमा मधु वास्तोलाको कथा तथा पटकथा, संजय लामाको छायाङ्कन छ । चलचित्र ‘लभ डायरिज’ फागुणको २ गतेबाट प्रेम दिवसको अवसर पारेर रिलिज हुँदैछ। सार्वजनिक गीतलाई निर्माणपक्षले प्रचारका लागि तयार पारेको स्पष्ट हुन्छ।
किनकी, यसमा अहिले टिकटकमा भाइरल रहेका प्रिस्मा र प्रिन्सीको साथमा बाल लोकगायिका कमला घिमिरेलाई फिचरिङ गरिएको छ। गीतको अडियोलाई संगीतकार पोखरेलल एकदमै कर्णप्रिय बनाउने प्रयास गरेका छन्। भिडियो अडियो अनुसार राम्रो बनेको छ। चलचित्रको मेकरले यो गीतले चलचित्रको प्रचारमा ठूलो सहयोग मिल्ने अपेक्षा गरेको छ।
https://www.youtube.com/watch?v=Z1SkwOAZQfQ