काठमाडौं– सानिमा बैंकले अंग्रेजी नयाँ वर्षको अवसरमा बिभिन्न विशेष योजना ल्याएको छ।
बैंकले तीन दिनको लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ लगायतका डिजिटल बैंकिङ सेवाहरुमा जारी शुल्क नलाग्ने व्यवस्था गरेको जनाएको छ।
ग्राहकहरुले दुवै सुविधा एकैसाथ उपभोग गर्दा एकसय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पाउने बताइएको छ।
बैंकले ल्याएको योजना ३१ डिसेम्बर २०१९ देखि आगामी २ जनवरी २०२० (पौष १५ देखि १७, २०७६) सम्मका लागि लागू गरिएको बैंकले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ।