काठमाडौं– अहिले जमाना टिकटककै छ। टिकटकमा भिडियो बनाएकै कारण ट्विनी गर्ल प्रिन्सा र प्रिज्मा खतिवडाले म्युजिक भिडियोमा काम गर्ने अवसर पाए। उनीहरुले आधा दर्जन भिडियोमा काम गरिसकेका छन्। चलचित्रमा पनि उनीहरुलाई अफर गर्नेहरु धेरै छन्। ट्विनी गर्लले चलचित्र ‘लभ डायरिज’ को एक गीतमा भने नाच्न भ्याइसकेका छन्। उनीहरुले अभिनय गरेको ‘लभ डायरिज’ को ‘छम छम’ बोलको गीत सोमबार सार्वजनिक भएको छ।
कार्यक्रममा उनीहरुले गीत राम्रो लागेकाले नै काम गर्न तयार भएको बताए। उनीहरुले भने, ‘हामीलाई धेरै गीतहरुको अफर आइरहेको हुन्छ। तर, हामीले गरिरहेका हुदैनौ। यो गीत राम्रो लागेर नै गरेका हौं।’ चलचित्रका कलाकारमा विश्वास नभएर भाइरलको खोजी गरिएको भन्ने प्रश्न पनि कार्यक्रममा उठेको थियो। चलचित्रको निर्माणपक्षले भने यो कुरा घुमाउरो शैलीमा स्विकार गरेको थियो। तर, ट्विनी गर्लले भने यो कुरा स्विकार गरेनन् ।
प्रिन्सीले भनिन्, ‘हामीलाई भाइरल भन्ने ट्याग लागेको छ तर यो कुरा हामी स्विकार गर्दनौं। किनभने भाइरल भनेको छोटो समयको लागि हुन्छ। हामी त १ वर्ष भइसक्यो। हामीले पनि त निकै मेहनत र संघर्ष गरेका छौ। हामी भाइरल भएर उहाँहरुले प्रयोग गर्नुभएको होइन।’ हाम्रो मेहनत र संघर्षको कारण हो जस्तो लाग्छ।