काठमाडौं– १९ औं वार्षिक उत्सवको अवसरमा सुबिसुले आफ्ना ग्राहकलाई लक्षित गरि २ एम बी पी एस इन्टरनेट र पूर्ण एचडी प्याकेज (२७५ भन्दा बढी च्यानल, ९५ वटा एच डी च्यानल) प्राप्त गर्न सक्ने अफर ल्याएको छ।
यो १५ महिनाको भुक्तानीमा पाउन सकिने कम्पनीले जनाएको छ। यसका साथै क्लिर टिभी प्याकेज (२४५ भन्दा वढी च्यानल, ६५ भन्दा बढी एच डी च्यानल २२१ रुपैयाँमा उपलब्ध गरिएको छ। यो १४ महिनाको भुक्तानीमा प्राप्त गर्न सकिन्छ।
त्यसैगरी ग्राहकले ’दामी म्युजिकको’ प्रिमियर प्याकेज ३ महिनाका लागि सित्तैमा प्राप्त गर्न सक्नेछन्। जसमा २० हजार भन्दा वढी नेपाली गीतहरु समावेश छन्। यो अफर सिमित अवधिका लागि मात्र लागु गरिएको छ। कम्पनीका अनुसार सर्त तथा नियमहरु पनि लागु हुनेछ।