एजेन्सी– अग्रेजी नयाँ बर्ष सन् २०१९ ले आजबाट बिदा लिँदैछ। भोलीबाट सन् २०२० शुरु हुँदैछ। सन् २००० को दोश्रो शतक समाप्त भएर तेश्रो शतकको शुरुवात हुँदैछ। यतिबेला बलिउड सिनेको एकदमै गहिरो समिक्षा हुने गर्दछ। सन् २०१९ बलिउडका लागि सुखद देखियो। यो बर्ष बलिउडमा कथा चल्यो। यो बर्ष नायक शाहरुख खान र आमिर खानका चलचित्र रिलिज भएनन्।नायक सलमान खानका लागि यो बर्ष औषत रह्यो। अक्षय कुमार र ऋतिक रोशन सबैभन्दा चम्किए। नायक साहिद कपुरको यो बर्ष करिअर नै बदलियो।
नायक अक्षय कुमार अभिनित ४ वटा चलचित्र यो बर्ष रिलिज भए। जसमा ‘केशरी, मिसन मंगल, हाउसफुल–४ र गुड न्यूज’ छन्। यी चार चलचित्रले व्यापारिक रुपमा सफलता पाए। ६ सय करोड भन्दा बढी व्यापार यो बर्ष अक्षयका चलचित्रले मात्र गरेका छन्। यसैले, यो बर्ष अक्षय कुमार चम्किए। यो बर्ष नायक ऋतिक रोशन पनि चम्किए। यो बर्ष बलिउडमा ३ सय करोड कमाउने एउटा मात्र चलचित्र बन्यो, ऋतिकको ‘वार’। उनी अभिनित चलचित्र ‘सुपर ३०’ ले पनि बक्स अफिसमा राम्रो कमाई गर्यो। यो चलचित्रबाट ऋतिकको अभिनयको प्रशंसा खुबै भयो।
नायक सलमान खान अभिनित दुई चलचित्र ‘भारत र दबंग–३’ यो बर्ष रिलिज भए। दुबै चलचित्रले दर्शकको प्रतिक्रिया सुखद पाएनन्। ‘भारत’ बक्स अफिसमा हिट मात्र हुँदा ‘दबंग–३’ ले भने औषत व्यापार मात्र गर्यो। नायक रणवीर सिंहको यो बर्ष ‘गल्ली ब्वाई’ रिलिज भयो। यो चलचित्रबाट रणवीरको सर्वाधिक प्रशंसा भयो। यस्तै, यो बर्ष चम्किएका अर्का नायकमा आयुष्मान खुराना पनि पर्छन्। जसले अभिनय गरेका चलचित्रले सय करोड कमाएका छन्।
यो बर्ष उनी अभिनित ‘आर्टिकल–१५, बधाई हो र बाला’ रिलिज भयो। यी तिनै चलचित्रले बक्स अफिसमा राम्रो कमाई गरे। नायक साहिद कपुरको यो बर्ष करिअर नै फेरियो। उनी अभिनित ‘कविर सिंह’ यो बर्ष रिलिज भयो। चलचित्रले २८० करोड कमाई गर्यो। डुब्दै गरेको साहिदको करिअरलाई यो चलचित्रले जुरुक्कै माथि उठाइदियो। विक्की कौशल पनि यो बर्ष चम्किए। उनी अभिनित चलचित्र ‘उरी’ यो बर्ष रिलिज भयो।
२५० करोड भन्दा बढी कमाई गरेको यो चलचित्रले बर्षाकै ब्लकबस्टर चलचित्रमा पर्छ। यो सँगै अन्य प्रयोगकर्ताहरूले पनि नयाँ फिल्मको माग गरेका छन्। कसैले ट्विटर छाड्ने त कसैले ‘प्लिज’ भन्दै अनुरोध गरेका छन्। ट्विटरमा चलिरहेको यो कुराकानीमा शाहरूख खानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। तर धेरैले सन् २०२० को शुरूआतसँगै शाहरूख खानले पनि नयाँ फिल्म घोषणा गर्नेछन्। कसैलाई फलदायी हुने कसैको लागि घाटा हुने यो स्वभाविक प्रक्रिया हो।