एजेन्सी– बेलायती मोटरसाइकल कम्पनी रोयल इन्फिल्डले भारतीय बजारमा नयाँ मोटरसाइकलको ट्रेडमार्क दर्ताको लागि आबेदन दिएको छ। कम्पनीले नयाँ मोडलको नाम ‘रोयल इन्फिल्ड शेर्पा’ राख्ने गरी ट्रेडमार्क दर्ता गर्न आवेदन दिएको हो।
कम्पनीले यसअघि १९६० को दशकमा भारतीय बजारमा उक्त नामबाट १४८ सीसी इन्जिनमा मोटरसाइकल उत्पादन गरेको थियो। तर, कम्पनीको सो मोडल सन् १९७८ बाट बन्द भयो। त्यसपछि कम्पनीले १७३ सीसी क्षमतामा शेर्पाको उत्पादन गरेको थियो।
पुरानो नामलाई ८० को दशकबाट छाड्दै गएको कम्पनीले त्यसपछि अन्य नामहरुको प्रयोग गर्दै आएको थियो। लामोसमय सम्म बन्द रहेको चेक ब्राण्ड जावालाई महिन्द्राले पुनः भारतमा उत्पादन सुरु गरेसँगै पाएको चर्चा र बजारबाट प्रेरित हुँदै रोयल इन्फिल्डले आफ्नो पुरानो नाम शेर्पाबाट पुनः मोटरसाइकल ल्याउने तयारी गरेको विभिन्न मिडिया रिपोर्टमा दाबी गरिएको छ।
यद्यपी अब आउने रोयल इन्फिल्ड शेर्पा कस्तो डिजाएन र इन्जिनमा आउने छ भन्ने विषयमा कम्पनीले केही खुलाएको छैन। तर, कम्पनीले बनाउन लागेको कम इलेक्ट्रीक मोडलको नाम हुन सक्ने अनुमान गरिएको छ।