काठमाडौं– बरिष्ठ लोक गायिका शर्मिला गुरुङ्ले सधैं झै यसपटक पनि उत्कुष्ट मौलिक गीत ‘रानीफूल’ बजारमा ल्याएकी छिन्। नेपाली गीत संगीतमा व्यावसायिक रुपमा मात्र सक्रिए नभएर उनले बेला–बेलामा आफ्नै प्रस्तुति पनि बजारमा ल्याउने गरेकी छिन्। यसपटक ‘रानीफूल’ गीतमा उनलाई कुशल बेलबासेले स्वरमा साथ दिएका छन्। गीतको शब्द संंगीत गायिका स्वयम्ले नै गरेकी छिन्।
अहिलेका चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेको म्यूजिक भिडियोमा उनले आफ्नै गाउँ स्याङ्जाका केही रमणीय दृश्यहरुलाई पनि देखाएकी छिन्। उनको आफ्नै अफिसियल यूटूब च्यानलबाट सार्वजानिक गरिएको गीतलाई छोटो समयमा दर्शकले अत्याधिक रुचाएका छन्।
https://www.youtube.com/watch?v=Pow5Njix6rk