काठमाडौँ– एनसेलले व्यवसायलाई लक्षित गर्दै बिज प्लान ल्याएको छ। पछिल्लो समय व्यवसायिक ट्रेण्डआएको परिवर्तनसँगै कम्पनीले आफ्नो प्लान पस्तुत गरेको कम्पनीले जनाएको हो।
जसअन्तर्गत कम्पनीले बिहान ६ देखि साँझ ६ बजेसम्मलाई व्यापारिक समयका रुपमा निर्धारण गरेको छ। रिसोर्समा आधाति यो योजनामा आफ्नो नेटवर्क भित्र कल तथा एसएमएस निःशुल्करुपमा गर्न सिकिने एनसेलले जानकारी दिएको हो।
त्यसकालागि कम्पनीले दुई सय ९९ र तीन सय ९९ रुपैयाँका दुई योजना ल्याएको छ। जसमा दुई सय ९९ रुपैयाँमा बिहान ६ बजे देखि साँझ ६ बजेसम्म अन्य नेटवर्कमा हरेक महिना एक जिबी डाटा, दुई सय ९९ मिनेट टक टाइम र दुई सय ९९ वटा एसएमएस पठाउन सकिने छ।
त्यस्तै तीन सय ९९ रुपैयाँमा बिहान ६ बजे देखि साझ ६ बजेसम्म अन्य नेटवर्कमा हरेक महिना दुई जिबी डाटा, तीन सय ९९ मिनेट टक टाइम र तीन सय ९९ वटा एसएमएस पठाउन सकिने कम्पनीले जनाएको छ।